दफा १७
गलत ढङ्गले मतगणना गर्न नहुने
(१) निर्वाचन अधिकृत वा मतगणनामा संलग्न कुनै कर्मचारीले कुनै मत सदर मत हो भन्ने विश्वास गर्न सकिने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो मत गणना नगर्न वा कुनै मत सदर मत होईन भनी विश्वास गर्न सकिने मनासिब आधार र कारण हुँदाहुँदै त्यस्तो मत गणना गर्न हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही हुनेछ ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने निर्वाचन अधिकृत वा कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही हुनेछ ।